काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले विभागीय टोली नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र थ्री स्टारले १ - १ गोलको बराबरी खेलिरहेका छन् ।
खेलमा सुरुवाती अग्रता बनाएपनि जोगाउन नसक्दा थ्री स्टारले पहिलो हाफमा बराबरी खेलेको हो ।
खेलको १३ औं मिनेटमा आबाङ अल्बर्टको गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो । निराजन खड्काले मध्ये भागबाट उपलब्ध गराएको बलमा अल्बर्टले हेड गोल गरेका थिए ।
तर, खेलको २२ औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । थ्री स्टारका पिटर सेगुनको गल्तीमा निर कुमारले गोल गरेका थिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
थ्री स्टार १० खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । पुलिसलाई हराउँदै दोस्रो स्थानमा उक्लिने अवसर ललितपुरे क्लबलाई प्राप्त छ । पुलिस १५ अंक सहित सातौ स्थानमा छ ।