पोखरा । आगामी फागुन पहिलो साता आयोजना हुने १३ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन प्रतियोगिता सफल बनाउन भूतपूर्ब खेलाडी मंले 'च्यारिटी डिनर' कार्यक्रम आयोजना गरेको छ ।
फागुन ७ गते पोखरामा आयोजना हुने म्याराथनका लागि आफ्ना आजीवन सदस्य तथा सहयोगी संस्थाबीच शुक्रबार च्यारिटी डिनर आयोजना गरेको हो । पोखरास्थित मुगलान रेष्टुरेन्टमा सम्पन्न च्यारिटी डिनरमा विभिन्न सांगेतिक कार्यक्रम, राफल चिट्ठा कार्यक्रम र ‘गिनिज बुक्स अफ रेकर्ड’ मा १७ वटा विद्यामा नाम लेखाई सकेका थानेश्वर गुरागाईले आफ्ना प्रस्तुतीहरु दिएका थिए ।
म्याराथन कार्यक्रम सफल बनाउन गरिएको च्यारिटी डिनरमा मंचका आजिवन सदस्यहरु तथा सहयोगी संस्थाका गरि करिब १ सय १० जनाको सहभागिता रहेको थियो । मंचले पहिलो पटक आयोजना गरेको उ्रक्त च्यारिटी डिनर कार्यक्रम बाट करिब ३६ हजार रुपैया बचत गर्न सफल भएको जनाएको छ ।
कार्यक्रममा “हामी उठ्ने छौ” नामको संस्थाका तर्फबाट अध्यक्ष तुलसी गुरुङले “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” सफल बनाउन प्रथम पुरुस्कार संस्थाका तर्फ बाट प्रदान गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा मंचका सल्लाहकार संयोजक तथा समाजसेबी मेजर दिल बहादुर गुरुङ हालै इटालीको रोममा अन्तर्राष्ट्रिय अर्वाड ‘इन्टरनेशनल भोलिन्टियरी ग्लोबल अवार्ड’ बाट प्राप्त गर्न सफल रहेकोमा उनलाई सोही कार्यक्रममा सम्मानपत्र द्वारा मंचले सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले मंचका अजिवन सदस्यका विच सम्वन्धलाई थप प्रगाढ बनाउन च्यारिटी डिनर कार्यक्रम सफल भएको बताए । मंचको नेतृत्वमा पोखरा रंगशालाको पर्खाल निर्माणका गर्न नागरिक समाजको ठूलो भूमिका रहेको बताउँदै म्याराथनलाई सफल बनाउन पनि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।
‘हामी उठ्ने छौं’ का अध्यक्ष एवम पूर्व राष्ट्रिय खेलाडी तुलसी गुरुङले आफ्नो संस्थाको परिचय गराउँदै पोखरा विश्वकै सुन्दर ठाउँ भएकोले पनि पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय स्तरका धावकहरुलाई निम्त्याउन आफूले सक्दो पहल गर्ने बताए ।
कार्यक्रममा मंचका सल्लाहकारहरु विश्व मोहन गौचन, वरिष्ठ पत्रकार नारायण कार्की, अशोक पालिखे, डा. विरेन्द्र सिंह गुरुङ, गणेश भट्टराई जयराम हमालको उपस्थिती रहेको थियो । त्यस्तै वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, कान्तिपुर साप्तहिकका सह–सम्पादक मुकुन्द बोगोटी, ‘हामी उठ्ने छौं’का प्रवन्ध निर्देशक निर्मल श्रेष्ठ, सुजुकीका प्रवन्ध निर्देशक अनुप कुमार बराल, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, तेक्वान्दो गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ, पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुली, प्राज्ञ रमेश श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गरिएको राफल चिठ्ठाका लागि प्राज्ञ श्रेष्ठले २ थान र वरिष्ठ कलाकार गोपाल श्रेष्ठले श्रेष्ठ आर्टस्का तर्फ बाट एक थान चित्रकला सौजन्य प्रदान गरेका थिए । कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाट लगाएतले पोखरा म्याराथन सफल बनाउन सबैको सहयोगका लागि आह्वान गरेका थिए ।
भूतपूर्व खेलाडी मंच नेपालमा हाल १ सय ८० जना अजिवन सदस्यहरु रहेका छन । कार्यक्रममा मंचका स्वार्गारोहण भएका सदस्यहरुमा सम्मान प्रकट गरिएको थियो ।