काठमाडौं । रिभाइभ हेल्थ क्लबका सुमन खड्गीले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा आइतबार स्वर्ण जितेका छन् ।
कास्कीका उत्तम जोशी दोश्रो तथा लोभ गुरुङ र दिल निशान पुन तेश्रो भए ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा पोखरामा जारी प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इकाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, खोल्चा पुखुका नदिमरत्न शाक्यले रजत तथा ललितपुर टीटी क्लबका प्रकाश धाक्वा र च्यासल युथ क्लबका किरण ब्यञ्जनकारले कांस्य जिते ।
पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबलटेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको पुरुष डबल्समा किङ्स टीटीका मुकेश महर्जन र राजीव महर्जन पहिलो, खोल्चा पुखुका नदिमरत्न शाक्य र राजीप वज्राचार्य दोश्रो, इकाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्य र किरण ब्यञ्जनकार तथा किङ्स टीटीका संघरत्न डंगोल र सुरजसिंह महर्जनको जोडी तेश्रो भए ।
प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।