शनिबार, कार्तिक १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

अन्तर वडास्तरीय टेबल टेनिस सुरू

आइतबार, बैशाख १०, २०८०खेलपाटी संवाददाता
अन्तर वडास्तरीय टेबल टेनिस सुरू
Classic Tech Internet Ad

पोखरा । पोखरा रंगशालामा महानगरपालिका अन्तर वडास्तरीय दोस्रो संस्करणको टेबल टेनिस प्रतियोगिता सुरू भएको छ । 

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगिता सुरू भएको हो । 

प्रतियोगितामा ३७ पुरूष र १२ महिला गरेर १७ वटा वडाका ४९ जना खेलाडी सहभागी छन् । प्रतियोगिता पुरूष र महिला सिंगल र डबल्स गरेर ४ वटा विधामा भइरहेको छ । प्रतियोगिताको फाइनल सोमबार रंगशालास्थित टेबल टेनिस हलमै हुनेछ । 

महानगरले चालु आर्थिक वर्षमा खेलकुदमा ३ करोड रूपैयाँ छुट्याएको र आगामी वर्ष त्यसलाई बढाएर खेल गतिविधि बढाउने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले बताए । लगानी धेरै गरेका खेलबाट मेडल र उपलब्धि पनि त्यहीअनुसार गर्न आवश्यक रहेको अध्यक्ष गोदारको भनाइ थियो । ‘राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश टिम च्याम्पियन भयो । त्यसमा पोखरा महानगरका धेरै खेलाडी थिए । तर, मेडल लिस्टमा टेबल टेनिसको कम देखियो,’ उनले भने, ‘त्यसैले लगानीअनुसार काम हुनुप¥यो । नभए किन लगानी गरिराख्ने ? लगानी गरेपछि नतिजा दिनुपर्छ ।’

कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अरूले खेलकुदमा जोडबल गर्नुको सट्टा आफैंमा आकर्षण हुनुपर्ने बताए । विद्यालय तहका खेलाडीलाई राष्ट्रिय स्तरमा पु¥याउन प्रतियोगिता भइरहनुपर्ने अध्यक्ष जोशीले सुनाए । ‘१० देखि १५ वर्षको खेलाडीलाई पछि राष्ट्रिय स्तरमा सहभागी गराउन मद्दत पुगोस् भनेर प्रतियोगिता गरेका हौं,’ उनले भने ।

प्रतियोगितामा सिंगलतर्फ प्रथम हुनेले मेडल, प्रमाणपत्रसहित ५ हजार रूपैयाँ, द्वितीय हुनेले २ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुई जनाले १ हजार २५० रूपैयाँ पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

डबल्सतर्फ पनि मेडल, प्रमाणपत्रसहित प्रथम हुनेले ७ हजार रूपैयाँ, द्वितीय हुनेले ३ हजार ५ सय रूपैयाँ र तृतीय हुने दुई जनाले १ हजार ७५० रूपैयाँ पाउने छन् ।  

 

Bajaj Pulsar Motorcycle Ad
अन्तर वडास्तरीय टेबल टेनिस सुरू

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bajaj Pulsar Motorcycle Ad
एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

 डु प्लेसिसले विराटनगरबाट खेल्ने

डु प्लेसिसले विराटनगरबाट खेल्ने

खड्का मुख्य प्रशिक्षक नियुक्त

खड्का मुख्य प्रशिक्षक नियुक्त

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा