शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोलकत्तालाई हराउदै दिल्लीको पहिलो जित

शुक्रबार, ०८ बैशाख २०८०खेलपाटी संवाददाता
कोलकत्तालाई हराउदै दिल्लीको पहिलो जित
Loading ad...
mustang rice ad

काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित हात पारेको छ। 

छैटौं खेलमा पहिलो जित निकाल्नेक्रममा दिल्लीले घरेलु मैदानमा भएको खेलमा कोलकत्ता नाईट राईडर्सलाई ४ विकेटले पराजित गरेको छ ।

कोलकत्ताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीका लागि ओपनर तथा कप्तान डेबिड वार्नरले ४१ बलमा ११ चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले ।

मनिष पान्डे २१ रनमा आउट हुँदा अक्षर पटेल १९ रनमा अविजित रहे । पृथ्वी शाले १३ रन बनाउँदा ललित यादव ४ रनमा अविजित रहे । 

कोलकत्ताका लागि अनुकुल रोय,वरुण चक्रवर्ती र कप्तान नितिश राणाले समान २/२ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारिक ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय २७ रन मात्र बनायो । 

कोलकत्ताका लागि ओपनर जेसन रोयले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए । 

आन्द्रे रसलले ३१ बलमा अविजित ३८ रन बनाउँदा मन्दिप सिंहले ११ बलमा १२ रन बनाए । 

कोलकत्ताका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

दिल्लीका लागि एनरिच नोर्किया,अक्षर पटेल,कुलदिप यादव र ईशान्त शर्माले समान २/२ तथा मुकेश कुमारले १ विकेट लिए ।

छैटौ खेलमा पहिलो जित हात पारेको दिल्ली २ अंक सहित पुछारमा रहेको छ। 

छ खेलमा तेस्रो हार सामना गरेको कलकत्ता ६ अंकका साथ आठौं स्थानमा रहेको छ। 

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।
 

Loading ad...
LiNing Ad
कोलकत्तालाई हराउदै दिल्लीको पहिलो जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार