काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा कोलकत्ता नाईट राईडर्सले दिल्ली क्यापिटल्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।
यस संस्करणको आईपीएलको २८ औं तथा आजको दोस्रो खेलमा दिल्लीले १ सय २८ रनको लक्ष्य पाएको छ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारिक ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय २७ रन मात्र बनायो ।
कोलकत्ताका लागि ओपनर जेसन रोयले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए । आन्द्रे रसलले ३१ बलमा अविजित ३८ रन बनाउँदा मन्दिप सिंहले ११ बलमा १२ रन बनाए ।
कोलकत्ताका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि एनरिच नोर्किया,अक्षर पटेल,कुलदिप यादव र ईशान्त शर्माले समान २/२ तथा मुकेश कुमारले १ विकेट लिए ।
यस संस्करणमा दिल्ली र कोलकत्ता दुवैको यो छैटौं खेल हो । दिल्ली पहिलो जितको खोजिमा रहेको छ । कोलकत्ताले भने लगातार दुई खेल गुमाएर आफ्नो लय गुमाएको छ ।
दुई टोलीबीचको पछिल्लो पाँच खेलमा दिल्ली बलियो देखिएको छ । दिल्लीले तीन खेल जित्दा दुई खेलमा जित हात पारेको छ ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।