काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा बहराइन सानदार सुरुआत गरेको छ ।
टियु मैदानमा भएको खेलमा बहराइनले सिंगापुरलाई १ सय ३२ रनले पराजित गरेको हो ।
बहराइनले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको सिंगापुरले ४३ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ५४ रन मात्र बनायो ।
सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ६५ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । विनोथ वसकरनले ५२ बलमा २३ रन बनाए ।
थिलिपन ओमिदुरीले २६ बलमा २० रन बनाए । कप्तान आरित्र दत्त र रोहन रंगराजनले समान ११/११ रन बनाए ।
बहराइनका लागि इम्रान अनवर ४ तथा रिजन बटले ३ विकेट लिए । अब्दुल मजिदले २ तथा अलि दाउदले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायो।
बहराइनका लागि फैज अहमद र शाहबाज बदरले अर्धशतकीय ईनिङ खेले । फैज अहमदले ५९ बलमा ७९ रन बनाउँदा शाहबाज बदरले ९८ बलमा ७६ रन बनाए ।
साहिल अहमदले ४६ तथा कप्तान हैदर बटले २९ रन बनाए ।
सिंगापुरका लागि रमेश कालिमान्थु,थिलिपन ओमिदुरी र विनोथा बसकरनले समान २/२ विकेट लिए ।
जितसहित प्रतियोगिता सरुआत गरेको बहराइन २ अंक सहित समूह बी को स्थानमा रहेको छ ।
दोस्रो खेलमा पनि अंकबिहिन रहेको सिंगापुर समूह बी को पुछारमा रहेको छ ।
फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ ।
वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।