काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा कुवेतले ३ सय ७२ रनको लक्ष्य पछ्याएको छ ।
टियु मैदानमा जारी खेलमा रोहन मुस्ताफा र वृत्य अरबिन्दको शतकमा कुवेतले ३ सय ७२ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रन बनायो ।
युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले अविजित शतकीय ईनिङ खेले । अरबिन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १ सय ८५ रन बनाए ।
मुस्ताफाले १ सय २४ बलमा १० चौका र ४ छक्का १ सय १८ रन बनाए । चार दशमलब चार ओभरमा २४ रन बनाएर तीन विकेट गुमाएरको स्थितीमा पुगेको युएईका लागि मुस्ताफा र अरबिन्दले शतकीय साझेदारी गरेर टोलीलाई बलियो योगफलसम्म पुर्याएका थिए ।
मुस्ताफा र अरबिन्दबीच चौथो विकेटका लागि २ सय ७५ रनको विशाल साझेदारी भएको थियो । दुईबीचको साझेदारी कुवेतका सयद मनिबले तोडेका थिए ।
आसिफ खानले ८ बलमा ३० रन बनाए ।
कुवेतका लागि प्रविन्दर कुमार र शाहरुख कुदरुसले समान २/२ तथा सयद मनिब,यासिन पटेलले समान १/१ विकेट लिए।
ओमान र कतारबीचको यो खेल दुवै टोलीका लागि पहिलो खेल हो । उपाधी दावेदार ओमान जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ । कतार पनि सोहि लक्ष्यमा हुनेछ ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह बी का युएई र कवेतबीच खेल हुदैछ । मंगलबार भएको समूह बी को पहिलो खेलमा हङकङले जित हात पारेको थियो ।
उपाधी दावेदार युएई जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ । कुवेत पनि सोहि लक्ष्यमा हुनेछ ।
दुवै खेल बिहान नौ बजे सुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १र१ खेल हुनेछ ।
वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।