शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बेंग्लोरमाथी चेन्नाईको रोमान्चक जित

मंगलबार, ०५ बैशाख २०८०खेलपाटी संवाददाता
बेंग्लोरमाथी चेन्नाईको रोमान्चक जित
Loading ad...
mustang rice ad

काठमाडौं । चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथी रोमान्चक जित निकालेको छ । 

सोमबार घरेलु मैदान एम चेन्नास्वामीमा बेंग्लोर चेन्नाईसँग ८ रनले पराजित भएको हो । 

चेन्नाईले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको बेंग्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । 

बेंग्लोरका ग्लेन म्याक्सवेल र कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय ईनिङ खेले पनि टिमलाई जिताउन सकेनन् । 

म्याक्सवेलले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७६ रन बनाउँदा कप्तान डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए । 

तल्लोक्रमका ब्याटर नचल्दा बेंग्लोर पराजित हुन पुग्यो । १५ रन बनाउँदा २ विकेट गुमाएर खराब सुरुआत गरेको थियो।

बेंग्लोरलाई तेस्रो विकेटका लागि म्याक्सवेल र डु प्लेसिसले शतकीय समझेदमरी गराएर खेलमा हाबी गराएका थिए । दुई बीच ६१ बलमा १ सय २६ रनको शतकीय साझेदारीका गरेका थिए ।

बेंग्लोर १२ ओभरमा १ सय ४१ रनमा २ विकेट गुमाएर बलियो अवस्थामा थियो । तर उसले बाँकी ७७ रन जोड्दा ६ विकेट गुमाएर हार व्यहोर्न पुग्यो ।

दिनेश कार्तिक १४ बलमा २८ रनमा आउट हुँदा सुयश प्रभुदेशाई ११ बलमा १९ रन बनाउँदै आउट भए । 

शहबाज अहमद १२ रनमा आउट भए । 

चेन्नाईका तीव्र गतिका बलर तुषार देशपान्डेले ३ तथा मथिसा पाथिरानाले २ विकेट लिए । आकाश सिंह, मोईन अली र महेश थिक्सेनाले समान १/१ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो। 

चेन्नाईका लागि ओपनर डेभन कन्वे र शिभम् दुबेले अर्धशतकीय ईनिङ खेले ।

कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान गर्दा शिभम दुबे २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा आउट भए ।

तेस्रो विकेटका लागि दुबे र कन्वेले ३७ बलमा ८० रनको साझेदारी गरेका थिए । 

अजिंका रहाणे २० बलमा ३ चौका र २ छक्कासहित ३७ रन जोड्दै आउट भए । दोस्रो विकेटका लागि कन्वे र रहाणेले ७४ रनको साझेदारीका गरेका थिए ।

मोईन अली १९ रनमा अविजित रहँदा अम्बाती रायुडू १४ रनमा आउट भए । रविन्द्र जडेजा १० रनमा आउट भए । 

बेंगलोरका विजयकुमार वैश्यक,मोहम्मद सिराज, वाईन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिए ।

चेन्नाई ५ खेलमा ३ मा जित र २ मा हारसहित १० टोली सहभागी प्रतियोगिताको तेस्रो स्थानमा छ । 

बेंग्लोर ५ खेलमा तेस्रो हारसहित सातौं स्थानमा छ । 

Loading ad...
LiNing Ad
बेंग्लोरमाथी चेन्नाईको रोमान्चक जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार