काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सनराईजर्स हैदराबादले कोलकत्ता नाइट राईडर्सलाई २ सय २९ रनको लक्ष्य दिएको छ ।
इडेन गार्डेन कोलकत्तामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बनायो ।
हैदराबादका लागि ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित अविजित १ सय रनको शतकीय ईनिङ खेले । ह्यारीले ५५ बलमा आफ्नो शतक पूरा गरेका थिए ।
१३ करोड २५ लाखमा हैदराबादमा आबद्ध इंग्ल्यान्डका युवा क्रिकेटर ब्रुकले आईपीएलमा पहिलो शतक प्रहार गरेका हुन् ।
यस अघि भएका तीन आईपीएल खेलमा उनले दुईमा १३/१३ तथा एकमा ३ रन बनाएका थिए ।
कप्तान एडेन माक्ररमले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले ।
अभिषेक शर्माले १७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।
हेनरिक क्लासेनले ६ बलमा अविजित १६ रनमा बनाए ।
कोलकत्ताका लागि आन्द्रे रसलले ३ तथा वरुण चक्रवर्तीले १ विकेट लिए ।
कोलकत्ता आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । कोलकत्ता ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यता, हैदरावाद दोस्रो जित निकाल्न चाहन्छ । हैदरावाद २ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । कोलकत्ताले ४ जित निकाल्दा हैदरावादले मात्र १ जित निकालेको छ ।
यस सिजन दुई टोलीबीचको यो पहिलो भेट हो ।