काठमाडौं । युएईले आगामी साताबाट नेपालमा हुने एसीसी प्रिमियर कपको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।
मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो ।
यस प्रतियोगितामा युएई समूह बी मा रहेको छ । यस समूहमा युएईका साथै कुवेत,सिंगापुर,बहराइन र हङकङ रहेका छन् ।
युएईले समूह चरणका दुई खेल टियु र दुई खेल मुलपानी मैदानमा खेल्नेछ । टियु मैदानमा १९ अप्रिलमा कुवेतसँग खेल्दै युएईले प्रतियोगिताको सुरुआत गर्ने छ ।
युएईको दोस्रो खेल मुलपानी मैदानमा २१ अप्रिलमा हङकङसँग तथा तेस्रो खेल टियु मैदानमा २३ अप्रिलमा सिंगापुरसँग खेल्नेछ ।
समूह चरणको अन्तिम खेल बहराइनसँग २६ अप्रिलमा मुलपानी मैदानमा रहेको छ ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ ।
छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
युएईको टिम
मोहम्मद वसीम (कप्तान), आयन खान, अंश टन्डन, आर्यन लाक्रा, आसिफ खान, वासिल हमीद, जुनेद सिद्दीकी, कार्तिक मैयप्पन, मतिउल्लाह, रमीज शहजाद, रोहन मुस्तफा, संचित शर्मा, वृत्या अरविन्द,जहोर खान
