काठमाडौं । कुवेतले आगामी साताबाट नेपालमा हुने एसीसी प्रिमियर कपको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।
मोहम्मद अस्लामको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो ।
समूह बी मा रहेको कुवेतका साथै सिंगापुर,बहराइन,हङकङ र युएई रहेका छन् ।
कुवेतले समूह चरणका दुई खेल टियु र दुई खेल मुलपानी मैदानमा खेल्नेछ । टियु मैदानमा १९ अप्रिलमा युएईसँग खेल्दै कुवेतले प्रतियोगिताको सुरुआत गर्ने छ ।
कुवेतको दोस्रो खेल मुलपानी मैदानमा २२ अप्रिलमा बहराइनसँग तथा तेस्रो खेल टियु मैदानमा २५ अप्रिलमा सिंगापुरसँग खेल्नेछ ।
समूह चरणको अन्तिम खेलमा कुवेतले २७ अप्रिलमा हङकङसँग मुलपानी मैदानमा रहेको छ ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ ।
छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
कुवेतको टोली :
