काठमाडौं । विकेटकिपर निकोलस पुरनले विष्फोटक ब्याटिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा तेस्रो जित हात पारेको छ ।
बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा तेस्रो जित निकाल्ने क्रममा लखनउले घरेलु टोलीमाथी १ विकेटको रोमान्चक जित हात पारेको छ ।
चौथो खेलमा तेस्रो जितका साथ लखनउ शीर्ष स्थानमा उक्लिएको छ ।
बेंग्लोरले दिएको २ सय १३ रनको लक्ष्य लखनउले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

लखनऊको जितमा निकोलस पुरनले १९ बलमा ४ चौका र ७ छक्कासहित ६२ रनको विष्फोटक अर्धशतकीय ईनिङ खेले ।
पुरनले मात्रै १५ बलमा अर्धशतक पूरा गरेका थिए । आयुष बदोनी २४ बलमा ४ चौकासहित ३० रनमा आउट भए ।
छैटौं विकेटका लागी बदोनी र पुरनले ३५ बलमा ८४ रनको विष्फोटक साझेदारी गरेका थिए ।
मार्कस स्टोइनिस ३० बलमा ६ चौका र ५ छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
कप्तान केएल राहुल २० बलमा १८ रनमा आउट भए ।
चौथो विकेटका लागीका लागि कप्तान लोकेश राहुल र मार्कस स्टोइनिसले ४० बलमा ७६ रनको साझेदारी गरेका थिए।
लखनउको सुरुआत राम्रो हुन सकेको थिएन । पहिलो ओभरको तेस्रो बलमै ओपनर कायल मेयर्स मोहम्मद सिराजको बलमा शून्य रनमा नै बोल्ड आउट भएका थिए ।
रोयल च्यालेन्जर्स बेंगलोरका लागि मोहम्मद शिराज र वाईनी पार्नेलले समान ३/३ तथा हर्षल पटेलले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला गरेको बेंग्लोरले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।
बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिस,विराट कोहली र ग्लेन म्याक्सवेलले अर्धशतकीय ईनिङ खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

कप्तान फाफले ४६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७९ रन बनाए ।
विराट कोहलीले ४४ बलमा ४ चौका र ४ छक्का सहित ६१ रन बनाए । कप्तान फाफ र कोहलीले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे ।
ग्लेन म्याक्सवेलले २९ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ५९ रन बनाए । कप्तान फाफ र म्याक्सवेलले दोस्रो विकेटका लागि अविजित १ सय १५ रनको शतकीय साझेदारी गरे ।
लखनउका लागि मार्क वुड र अमित मिश्राले समान १/१ विकेट लिए ।
चौथो खेलमा तेस्रो जित हात पारेको लखनउ १० टोली सहभागी यस लिगमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
तेस्रो खेलमा दोस्रो हार व्यहोरेको बेंग्लोर २ अंकका साथ सातौं स्थानमा रहेको छ ।