काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध लखनउ सुपर जायन्ट्सले टस जितेको छ ।
बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा टस जितेर लखनउले बलिङ रोजेको छ ।
लखनउले टस जितेर बलिङ रोजे पछि बेंग्लोरले पहिला ब्याटिङ गर्दैछ ।
लखनउले सिजनको चौथो खेल खेल्दैछ । बेंग्लोरले भने सिजनको तेस्रो खेल खेल्दैछ ।
पहिलो खेलमा लखनउले घरेलु मैदानमा दिल्ली क्यापिटल्सलाई ५० रनले सहज रुपमा हराएको थियो ।
लखनउले दोस्रो खेलमा चेनई सुपर किंग्ससँग पराजित हुँदा तेस्रो खेलमा सनराईजर्स हैदराबादलाई पराजित गरेको थियो ।
घरेलु मैदानमा पहिलो खेलमा मुम्बई ईन्डियन्सलाई पराजित गर्दा दोस्रो खेलमा भने कलकत्ता नाईट राईडर्ससँग पराजित भएको थियो ।
तीन खेलमा २ जित र १ हारका साथ लखनउ १० टोली सहभागी लिगको तेस्रो स्थानमा रहेको छ ।
उता, दुई खेलमा समान १/१ जित र हार व्यहोरेको बेंग्लोर सातौं स्थानमा रहेको छ ।
हेड टु हेड :
बेंग्लोर र लखनउबीच हालसम्म २ खेल भएको छ । जसमा बेंग्लोर अपराजित रहेको छ ।