पोखरा । स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कप अन्तर एकेडेमी टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टारले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रनको बनाउन सफल रह्यो ।
कर्णालीका बिराट भण्डारी ले २७ बल खेली सर्वाधिक १५ रन बनाए। रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन।
स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए। त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए।
७३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओवर खेली ३ विकेट गुमाएर पूरा गर्यो ।
स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए। बिशालले ८ रन र अंकितले अविजित १५ रन बनाए।
स्टारका लागि बिक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहे। बलिङ तर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षे र आदित्य शाहले समान १-१ विकेट लिन सफल रहे।
फाईनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिएका थिए।
यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृ्ष ब्याटर विराट सिंह भण्डारी र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार तथा उपविजेता टोलीले २५ हजार प्राप्त गरेको छ । उत्कृष्ट व्याटर र बलरले समान सात हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गरे ।