काठमाडौं । ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्सले २ सय रनको लक्ष्य पाएको छ ।
१६ औं संस्करणको आईपीएलको आजको पहिलो खेल गोहावाटीमा जारी रहेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको हो ।
राजस्थानका लागि ओपनर जोस बटलरले ५१ बलमा ११ चौका र १ छक्काको सहयोगमा ७९ रनको अर्धशतकीय ईनिङ खेले ।
अर्का ओपनर यसस्वी जैसवालले ३१ बलमा ११ चौका र १ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि बटलर र जैसवालले ९८ रनको साझेदारी गरेका थिए ।
शिमरन हिटमायरले २१ बलमा अविजित ३९ रन बनाए ।
दिल्लीका लागि मुकेश कुमारले २ तथा रोभमन पावेल र कुलदिप यादवले समान १/१ विकेट लिए ।
राजस्थान दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा सनराईजर्स हैदराबादलाई पराजित गरेको राजस्थान दोस्रो खेलमा पन्जाब किंग्ससँग पराजित भएको थियो ।
पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित दिल्ली पहिलो जितको खोजीमा रहेको छ ।
यी दुई टोली बीचमा भएका पछिल्ला पाँच खेलमा तीन खेल दिल्लीले र दुई खेल राजस्थानले जितेका छन् ।
आज नै हुने दोस्रो खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई ईन्डियन्स खेल्दै छन् ।
मुम्बईको घरेलु मैदान वांनखडे क्रिकेट स्टेडियममा खेल बेलुका पौने ८ मा सुरु हुनेछ ।