काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।
नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाएका हुन् ।
सोमपालले पीएनजीका ओपनर हिरी हिरीलाई आउट गराएका हुन् ।
योसँगै पीएनजीका दुवै ओपनर आउट भईसकेका छन् ।
सोमपालले आफ्नो तेस्रो ओभरको ५ औं बलमा विकेट लिएका हुन् ।
नेपालले ६ ओभर ५ बलमा दोस्रो विकेट लिएको हो ।
टस जितेको नेपालले सुरुआतमा बलिङ गरीरहेको छ ।
पीएनजीले अहिले ७ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको छ ।