काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ ।
नेपालका लागि ललित राजवंशीले पहिलो सफलता दिलाएका हुन् ।
ललितले पीएनजीका ओपनर किप्लिन डोरिगालाई आउट गराएका हुन् ।
ललितले आफ्नो दोस्रो ओभरको पाँचौ बलमा विकेट लिएका हुन् ।
नेपालले तीन ओभर ४ बलमा पहिलो विकेट लिएको हो ।
टस जितेको नेपालले सुरुआतमा बलिङ गरीरहेको छ ।
पीएनजीले अहिले ३ ओभर ४ बलमा १ विकेट गुमाएर ५ रन बनाएको छ ।