काठमाडौं । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगमा आज सोमबार एक खेल हुदैछ ।
लिगको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्स र वल्ड जायन्ट्सबीचमा खेल हुदैछ ।
खेल कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा बेलुका सवा ८ मा सुरु हुनेछ ।
दुवै टोली दोस्रो खेलमा दोस्रो जितको खोजीमा रहेका छन् । दुवै टोलीले पहिलो खेलमा ईन्डियन महाराजलाई पराजित गरेका थिए ।

पहिलो खेलमा अन्तिम ओभरमा ब्याटिङमा आएका पारसले २ बलमा ३ रन बनाएका थिए । बलिङको अवसर नपाएका पारसले मोहम्मद कैफलाई क्याच आउट गराएका थिए ।
वल्ड जायन्ट्सको कप्तानमा अष्ट्रेलियाका पुर्व कप्तान आरोन फिन्च रहेका छन् । लायन्सको कप्तानी भने पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीले गर्नेछन् ।
लायन्समा पारससँगै उपुल थरंगा,अस्गर अफगान,शाहिद अफ्रिदी,थिसारा परेरा,मिस्बा उल हक र शोयब अख्तर लगायतका लिजेण्ड क्रिकेटरहरु रहेका छन्।
लिगमा वल्ड जायन्ट्स ,इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ ।
लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोलीले सिधा फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीचको बिजेताले फाइनल खेल्ने छ ।
डबल राउन्डमा आयोजना हुने लिगको फाइनल खेल २० मार्च कतारमा हुनेछ ।