काठमाडौं । घरेलु टोली बंगलादेशले विश्वबिजेता इंग्ल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज एक खेल अगाबै जितेको छ ।
२०२२ को टी-ट्वान्टी विश्वकपको बिजेता इंग्ल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज बंगलादेशले एक खेल अगाबै जितेको हो ।
बंगलादेशको मिरपुरमा भएको खेलमा घरेलु टोली ४ विकेटले विजयी भएको हो ।
पाहुना टोलीले दिएको १ सय १८ रनको लक्ष्य घरेलु टोलीले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
घरेलु टोलीको जितमा नजमुल होसाइन शान्तोले ४६ रनको अविजित ईनिङ खेले । शान्तोले ४७ बल खेल्दै ३ चौका प्रहार गरेका थिए ।
मेहेदी हसन मिराजले १६ बलमा २० रन बनाउँदा टुवाहिड हिरिड्योले १७ रन बनाए ।
पाहुना टोलीका लागि जोफ्रा आर्चरले ३ तथा रिहान अहमद,साम करन र मोईन अलिले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो ।
पाहुना टोलीका लागि बेन डुकेट २८ रनमा आउट हुँदा ओपनर फिलिप साल्टले २५ रन बनाए । मोईन अलिले १५ तथा साम करनले १२ रन बनाए ।
घरेलु टोलीका लागि मेहिदी हसन मिराजले ४ तथा शाकिब अल हसन,टस्किन अहमद,मुस्ताफिजुर रहमान र हसन महुम्मदले समान १/१ विकेट लिए ।
दुईबीचको तेस्रो तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रिय मंगलबार हुनेछ ।