काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा युएईविरुद्ध बलिङ गरिरहेको नेपालले पाचौं विकेट लिएको छ ।
युएईका रोहन मुस्ताफा आउट भएका छन् । मुस्ताफा सन्दीप लामिछानेको बलमा आउट भएका हुन् ।
पहिलो ओभरको पाँचौं बलमा व्रत्य अरबिन्दलाई गुमाएको युएईले तीन ओभर चार बलमा दोस्रो विकेटका रुपमा आर्यान लाक्रालाई गुमाएको थियो ।
चौथो ओभरको चौथो बलमा मुहम्मद वासिम आउट भएका थिए । पाँचौ ओभरको पहिलो बलमा युएईले चौथो विकेट गुमाएको थियो ।
नेपालका लागि ललित राजवंशीले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।
युएईले अहिले १३ ओभर ४ बलमा ५ विकेट गुमाएर ३४ रन बनाएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं २ सय ४८ रन बनाएको हो ।