काठमाडौं । कतारमा आज शुक्रबारबाट सुरु लिजेन्डस् लिग क्रिकेट(एलएलसी) को पहिलो खेलमा पारस खड्का आबद्ध एसिया लायन्सले टस जितेको छ ।
वेस्ट ईन्ड पार्क अन्तराष्ट्रिय क्रिकेट मैदान दोहा कतारमा भएको टस लायन्सले जितेको हो ।
लायन्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

लायन्समा पारससँगै उपुल थरंगा,अस्गर अफगान,शाहिद अफ्रिदी,थिसारा परेरा,मोहम्मद हाफिज र शोयब अख्तर लगायतका लिजेण्ड क्रिकेटरहरु रहेका छन्।
लिगको पहिलो खेल एसिया लायन्स र ईण्डियन महाराज सहभागी रहेका छन् ।
एसियन लायन्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर मुख्य प्रशिक्षकका रुपमा रहेका छन्।
लायन्सको कप्तानी पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीले गर्नेछन् । ईण्डियन महाराजको कप्तानी गौतम गम्भिरले गर्दैछन् ।
लिगमा वल्र्ड जायन्टस ,इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ ।
लिग २० मार्च सम्म कतारमा आयोजना हुँदैछ ।
एशिया लायन्स
शाहिद अफ्रिदी,अब्दुल रज्जाक,अस्गर अफगान, अब्दुर रज्जाक, तिलकरत्ने दिलशान, पारस खड्का, मिसबाह उल हक, थीसारा परेरा, सोहेल तनवीर, उपुल थरंगा, इरसु उडाना