काठमाडौं । कतारमा आज शुक्रबारबाट लिजेन्डस् लिग क्रिकेट(एलएलसी) सुरु हुदैछ ।
लिगको पहिलो खेल एसिया लायन्स र ईण्डियन महाराजको बीचमा खेल हुदैछ ।
खेल कतारको दोहामा नेपाली समयअनुसार बेलुका ८ बजेर १५ मिनेटमा आयोजना हुनेछ ।
एसिया लायन्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध रहेका छन् ।
एसियन लायन्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर मुख्य प्रशिक्षकका रुपमा रहेका छन्।

लायन्सले पारससँगै उपुल थरंगा,अस्गर अफगान,शाहिद अफ्रिदी,थिसारा परेरा,मोहम्मद हाफिज र शोयब अख्तर लगायतका लिजेण्ड क्रिकेटरहरु रहेका छन्।
लायन्सको कप्तानी पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीले गर्नेछन् ।
ईण्डियन महाराजको कप्तानी गौतम गम्भिरले गर्दैछन् ।
लिगमा वल्र्ड जायन्टस ,इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ ।
लिग २० मार्च सम्म कतारमा आयोजना हुँदैछ ।