काठमाडौं । अष्ट्रेलियाका क्रिकेटर शन मार्शले फस्ट क्लास क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
टप अर्डर ब्याटर मार्शले ३९ वर्षको उमेरमा फस्ट क्लास क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
मार्शले सन् २००१ मा १७ वर्षको उमेरमा वेस्टर्न अष्ट्रेलियाबाट खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए ।
मार्शले अष्ट्रेलियाका ३८ टेस्ट खेलेका छन् । यस्तै ७३ एकदिवसीय र १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
मार्शले १८३ फस्ट क्लास क्रिकेट खेलेका छन् ।