आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
  4. /
  5. शंकर र योङगीलाई स्वर्ण

शंकर र योङगीलाई स्वर्ण

२०२३ मार्च ९, बिहिबारखेलपाटी संवाददाता

शंकर र योङगीलाई स्वर्ण

काठमाडौं ।   दरबार हाइ स्कुलका शंकर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यू–१६ सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । शंकर ब्वाइज तथा योङगी गर्ल्समा पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा शंकरले अस्मिताका आशिष महतालाई १२–१०, ५–११, ११–७ र ११–७ को सेटमा पराजित गरे । श्रीजना ज्ञान सागरका सन्तोष थापा र मोर्डन इन्डियन स्कुल (एमआईएस) का विशाल थापा तेश्रो भए । गर्ल्सको उपाधि भिडन्तमा योङगीले न्यु सुम्निमाकी अंकिता वज्राचार्यलाई ११–५, ६–११, ११–६ र ११–५ को सेटमा हराइन् । एपेक्स लाइफकी विद्विसा मैनाली र श्रीजना ज्ञान सागरकी विपिन थापा तेश्रो बने ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज टिम इभेन्टमा श्रीजना ज्ञान सागरले फाइनलमा ह्वाइटफिल्डलाई ३–० को सोझो सेटमा पाखा लगाउदै पहिलो स्थान कब्जा ग¥यो । त्रियोग र एपेकस लाइफ तेश्रो स्थानमा रहे । उक्त स्पर्धाको गर्ल्समा प्रभात पहिलो भयो । प्रभातले फाइनलमा श्रीजना ज्ञान सागरलाई सीधा सेटमा ३–० ले पन्छायो ।

यू–१० गर्ल्स सिंगल्समा प्राइम ग्लोबलकी प्राज्ना महर्जनले स्वर्ण चुमिन् । प्राज्नाले फाइनलमा प्रभातकी उरवी सुवामाथि ३–२ को जित रचिन् । त्यसै स्पर्धाको ब्वाइज फाइनलमा इडेन गार्डेनका रिजन शाक्यले श्रीजना सागरका प्रसिद्ध श्रेष्ठलाई ३–० ले निराश पारे ।

यू–१२ गर्ल्स सिंगल्समा सेन्ट मेरिजकी सुरण्या शाक्या विजेता बनिन् । सुरण्याले फाइनलमा प्रभातकी सफिना कोजुलाई ३–० ले पराजित गरिन् । सोही स्पर्धाको ब्वाइज फाइनलमा एभरेष्टका आर्यन शाहीले बसाराका वचन विष्टलाई ३–० ले हराउदै शीर्ष स्थान हात पारे ।

यू–१४ सिंगल्सको गल्र्समा युलेन्सकी शुभश्री श्रेष्ठ र ब्वाइजमा वृहस्पति विद्या सदनका सार्थक मानन्धर च्याम्पियन बने । शुभश्रीले ग्लोरियाकी महिमा महतालाई ३–० तथा सार्थकले आदर्श विद्या मन्दिर (एभीएम) का जयेश्नु महर्जनलाई ३–१ ले फाइनलमा हराए ।

 ‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा दिइएको प्रतियोगितामा पुरुष÷महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्ग भएका, दृष्टिविहीन र खेल पत्रकारमा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजकका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

 करिब ३ सय खेलाडी सहभागी छन् । पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार पाउने छन् । अन्य स्पर्धामा नगद पुरस्कार राखिएको छैन । प्रतियोगिता फागुन २९ गतेसम्म चल्ने छ ।

शंकर र योङगीलाई स्वर्ण
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’