काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज नेपालका आजबाट सुरु हुँदै छ ।
पहिलो खेलमा घरेलु टोली र पपुवा न्यु गिनी(पीएनजी)बीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।
घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडी रहने सम्भावना रहेको छ । नेपाललाई बलियो स्थितिमा पुर्याउन कुशल र आसिफको जोडीले राम्रो सुरुआत दिनुपर्ने हुन्छ ।
तीन नम्बरमा ज्ञानेन्द्र मल्लले मौका पाउने सम्भावना छ ।
चौथो र पाँचौ स्थानमा भिम सार्की र कप्तान रोहित पौडेलले स्थान बनाउने छन् । कप्तान पौडेलले सदा झैं आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ ।
सार्कीले अघिल्लो खेलमा यूएईविरुद्ध सानदार अर्धशतक प्रहार गरेका थिए । उनीबाट आजको खेलमा पनि सोही अपेक्षा रहने छ ।
छैटौं नम्बरमा अलराउण्डर दीपेन्द्रसिंह ऐरी रहने सम्भावना रहेको छ । ऐरीले छैटौं नम्बरमा खेल्ने सम्भावना रहेको छ ।
अलराउण्डर आरिफ शेखले सातौं स्थानमा रहँदा आठौं नम्बरमा अलराउन्डर कुशल मल्लको सम्भावना रहेको छ । कुशल लामो सट प्रहार गर्न सक्ने विस्फोटक ब्याटरका साथ केही ओभर बलिङमा समेत टोलीको साथ दिने खेलाडी हुन् ।
नवौं र दशौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् । केसी र सोमपाल तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङ समेतको क्षमता राख्छन् ।
एघारौं नम्बरमा स्पिनर सन्दीप लामिछाने रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान),भिम सार्की,दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने