काठमाडौं । यूएईका पूर्व कप्तान अहमद राजाले क्रिकेट खेलबाट सन्यास घोषणा गरेका छन् ।
राजाले शुक्रबार सबै फम्र्याटको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
३४ बर्षिय राजाले यूएईका लागि २०१४ मा डेब्यु गरेका थिए ।
राजाले यूएईबाट ५३ एकदिवसीय अन्तराष्ट्रिय तथा ५५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
खेलाडी जीवनबाट सन्यास लिए लगत्तै राजालाई यूएई टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ ।