काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
आसिफले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् ।
आसिफको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो ।
नेपालले अहिलेसम्म ३३ दशमलब १ ओभरमा ७ विकेट गुमाए १ सय ९ रन बनाएको छ ।
क्रिजमा सन्दीप लामिछाने र आसिफ शेख रहेका छन् । शेखले अविजित ५० रन बनाउँदा सन्दीप ४ रनमा अविजित रहेका छन्।
पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए ।
आजको खेलमा मौका पाएका भिम सार्कीले ८ रन मात्र बनाउँदा कप्तान रोहित पौडेल र आरिफ शेखले समान १/१ रन बनाए ।
दीपेन्द्रसिंह ऐरीले ८ रन बनाए । अलराउन्डर कुशल मल्ल २३ रनमा आउट भएका थिए ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुदै १ सय ७९ रन बनाएको थियो ।