काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध नेपालको ब्याटिङ संकटमा परेको छ ।
नेपालले २८ ओभरसम्म ६ विकेट गुमाएर ८६ रन बनाएको छ ।
पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए ।
आजको खेलमा मौका पाएका भिम सार्कीले ८ रन मात्र बनाउँदा कप्तान रोहित पौडेल र आरिफ शेखले समान १/१ रन बनाए ।
दीपेन्द्रसिंह ऐरीले ८ रन बनाए । क्रिजमा आसिफ शेख र कुशल मल्ल रहेका छन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुदै १ सय ७९ रन बनाएको थियो ।