शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतलाई हराउदै अष्ट्रेलिया फाइनलमा 

शुक्रबार, १९ फाल्गुण २०७९खेलपाटी संवाददाता
भारतलाई हराउदै अष्ट्रेलिया फाइनलमा 
Loading ad...
mustang rice ad

काठमाडौ । घरेलु टोली भारतलाई तेस्रो टेस्टमा पराजित गरि अष्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । 

अष्ट्रेलियाले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो । टेस्ट च्याम्पियनसिपको फाइनल खेल इंग्ल्याण्डमा जुनमा आयोजना हुँदैछ ।

इन्दोरमा भएको खेलमा भारतले दिएको ७६ रनको लक्ष्य पाहुना टोलीले १ विकेट गुमाएर पूरा गर्यो । 

पाहुना टोलीका लागि ओपनर ट्राभिस हेडले अपराजित रहँदै ४९ तथा मार्नुस लाबुस्चानेले अविजित रहँदै २८ रन बनाए।

घरेलु टोलीका लागि रविचन्द्रन आश्विनले १ विकेट लिए ।

त्यसअघि पहिलो पारीमा ८८ रनले पछि भारतले दोस्रो पारी १ सय ६३ रन बनाएको थियो । 

घरेलु टोलीका लागि चेतेश्वर पुजाराले ५९ रनको अर्धशतकीय ईनिङ खेले । श्रेयस अय्यरले २६ रन बनाउँदा रविचन्द्रन आश्विनले १६ रन बनाए ।

अक्षर पटेल १५ रनमा अविजित रहँदा विराट कोहली १३ रनमा आउट भए । 

भ्रमणकारी टोलीका लागि नाथन लायनले २३ ओभर ३ बलमा ६४ रन खर्चिएर ८ विकेट लिए । 

त्यसअघि भारतको इन्दोरमा बिहिबारबाट सुरु तेस्रो टेस्टमा अष्ट्रेलियाविरुद्ध घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गरेको थियो । 

घरेलु टोली पहिलो पारीमा १ सय ९ रन अलआउट भएको थियो । 

घरेलु टोलीका लागि विराट कोहली २२ रनमा आउट हुँदा शुभमन गिलले २१ रन बनाए । 

शिखर भारत र उमेश यादवले समान १७/१७ रन बनाउँदा कप्तान रोहित शर्माले १२ रन बनाए । 

अक्षर पटेल १२ रनमा अविजित रहे ।

पाहुना टोलीका लागि म्याथ्यु कुनहाम्यानले ९ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए । 

नाथन लायनले ३ तथा टोड मुर्फिले १ विकेट लिए ।

पहिलो दिनमा नै पहिलो पारी सुरु गरेको अष्ट्रेलियाले १ सय ९७ रन बनायो ।

पाहुना टोलीका लागि उस्मान ख्वाजाले ६० रन बनाउँदा मार्नुस लाबुस्चानेले ३१ रन बनाए । कप्तान स्टिभ स्मिथले २६ रन जोड्दा क्यामरोन ग्रिनले २१ रन बनाए ।

घरेलु टोलीका लागि रविन्द्र जडेजाले ४ तथा उमेश यादव र रविचन्द्रन आश्विनले समान ३/३ विकेट लिए ।

यो खेल जिते पनि अष्ट्रेलिया ४ खेलको सिरिजमा २-१ ले पछि रहेको छ ।

Loading ad...
LiNing Ad
भारतलाई हराउदै अष्ट्रेलिया फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी