काठमाडौ । घरेलु टोली भारतलाई तेस्रो टेस्टमा पराजित गरि अष्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियाले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो । टेस्ट च्याम्पियनसिपको फाइनल खेल इंग्ल्याण्डमा जुनमा आयोजना हुँदैछ ।
इन्दोरमा भएको खेलमा भारतले दिएको ७६ रनको लक्ष्य पाहुना टोलीले १ विकेट गुमाएर पूरा गर्यो ।
पाहुना टोलीका लागि ओपनर ट्राभिस हेडले अपराजित रहँदै ४९ तथा मार्नुस लाबुस्चानेले अविजित रहँदै २८ रन बनाए।
घरेलु टोलीका लागि रविचन्द्रन आश्विनले १ विकेट लिए ।
त्यसअघि पहिलो पारीमा ८८ रनले पछि भारतले दोस्रो पारी १ सय ६३ रन बनाएको थियो ।
घरेलु टोलीका लागि चेतेश्वर पुजाराले ५९ रनको अर्धशतकीय ईनिङ खेले । श्रेयस अय्यरले २६ रन बनाउँदा रविचन्द्रन आश्विनले १६ रन बनाए ।
अक्षर पटेल १५ रनमा अविजित रहँदा विराट कोहली १३ रनमा आउट भए ।
भ्रमणकारी टोलीका लागि नाथन लायनले २३ ओभर ३ बलमा ६४ रन खर्चिएर ८ विकेट लिए ।
त्यसअघि भारतको इन्दोरमा बिहिबारबाट सुरु तेस्रो टेस्टमा अष्ट्रेलियाविरुद्ध घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।
घरेलु टोली पहिलो पारीमा १ सय ९ रन अलआउट भएको थियो ।
घरेलु टोलीका लागि विराट कोहली २२ रनमा आउट हुँदा शुभमन गिलले २१ रन बनाए ।
शिखर भारत र उमेश यादवले समान १७/१७ रन बनाउँदा कप्तान रोहित शर्माले १२ रन बनाए ।
अक्षर पटेल १२ रनमा अविजित रहे ।
पाहुना टोलीका लागि म्याथ्यु कुनहाम्यानले ९ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए ।
नाथन लायनले ३ तथा टोड मुर्फिले १ विकेट लिए ।
पहिलो दिनमा नै पहिलो पारी सुरु गरेको अष्ट्रेलियाले १ सय ९७ रन बनायो ।
पाहुना टोलीका लागि उस्मान ख्वाजाले ६० रन बनाउँदा मार्नुस लाबुस्चानेले ३१ रन बनाए । कप्तान स्टिभ स्मिथले २६ रन जोड्दा क्यामरोन ग्रिनले २१ रन बनाए ।
घरेलु टोलीका लागि रविन्द्र जडेजाले ४ तथा उमेश यादव र रविचन्द्रन आश्विनले समान ३/३ विकेट लिए ।
यो खेल जिते पनि अष्ट्रेलिया ४ खेलको सिरिजमा २-१ ले पछि रहेको छ ।