काठमाडौं । यूएईमा जारी रहेको विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।
नेपाल र पीएजीबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुदैछ ।
यही सिरिजको क्रममा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो ।
ईतिहास हेर्ने हो भने पीएनजीभन्दा नेपाल बलियो देखिएपनि गएको खेलमा यूएईलाई पराजित गरेकोले पीएनजी बलियो देखिएको छ ।
त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ । बिहिबार यूएईसँग खेलेको टोली नै आज यथावत रहने सम्भावना रहेको छ ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडी रहने सम्भावना रहेको छ । नेपाललाई बलियो स्थितिमा पुर्याउन कुशल र आसिफको जोडीले राम्रो सुरुआत दिनुपर्ने हुन्छ ।
तीन नम्बरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने सम्भावना छ ।
चौथो र पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले स्थान बनाउने छन् । कप्तान पौडेलले सदा झैं आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ ।
छैटौं नम्बरमा अलराउण्डर आरिफ शेख रहने सम्भावना रहेको छ । शेखले छैटौं नम्बरमा खेल्ने सम्भावना प्रवल रहेको छ ।
अलराउण्डर कुशल मल्ल सातौं स्थानमा रहँदा आठौं नम्बरमा गुलशन झा को सम्भावना रहेको छ । कुशल लामो सट प्रहार गर्न सक्ने विस्फोटक ब्याटरका साथ केही ओभर बलिङमा समेत टोलीको साथ दिने खेलाडी हुन् । झा तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङको समेत क्षमता राख्छन् ।
नवौं र दशौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् । केसी र सोमपाल तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङ समेतको क्षमता राख्छन् ।
एघारौं नम्बरमा स्पिनर सन्दीप लामिछाने रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,गुलशन झा,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने