काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज बिहिबार नेपालले घरेलु टोली यूएईसँग खेल्दै छ ।
यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो ।
नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुदैछ ।
यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।
यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।
ईतिहास हेर्ने हो भने नेपालभन्दा यूएई बलियो देखिएपनि अहिलेको स्थितीमा नेपाल लगातार जित हात पारी रहेको छ । उता, यूएई भने खराब लयमा रहेको छ ।
त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ । गत सोमबार पपुवा न्यु गिनी विरुद्धको खेलमा डेब्यु गरेका प्रतिश जि.सीले आजको खेल गुमाउने सम्भावना रहेको छ । उनको स्थानमा ललित नारायण राजवंशी या सन्दीप लामिछानेले मौका पाउने छन् ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडी रहने सम्भावना रहेको छ । यस अघि पहिलो खेलमा अर्धशतक बनाएका कुशल भुर्तेलबाट आजको खेलमा पनि सोही अपेक्ष रहने छ ।
पहिलो खेलमा राम्रो सुरुआत गरे पनि दुभाग्य पुर्ण रन आउट भएका शेखबाट आज पनि राम्रो खेलको अपेक्षा रहेको छ । नेपाललाई बलियो स्थितिमा पुर्याउन कुशल र आसिफको जोडीले राम्रो सुरुआत दिनुपर्ने हुन्छ ।
तीन नम्बरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने सम्भावना छ । ज्ञानेन्द्रले अन्तराष्ट्रिय क्रिकेटमा पछिल्लो केही खेल यता देखाएको लयलाई जिम्मेवारीका साथ अघि बढाउन जरुरी रहेको छ ।
चौथो र पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले स्थान बनाउने छन् । कप्तान पौडेलले सदा झैं आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ ।
छैटौं नम्बरमा अलराउण्डर आरिफ शेख रहने सम्भावना रहेको छ । शेखले छैटौं नम्बरमा खेल्ने सम्भावना प्रवल रहेको छ ।
अलराउण्डर कुशल मल्ल सातौं स्थानमा रहँदा आठौं नम्बरमा गुल्सन झा को सम्भावना रहेको छ । कुशल लामो सट प्रहार गर्न सक्ने विस्फोटक ब्याटरका साथ केही ओभर बलिङमा समेत टोलीको साथ दिने खेलाडी हुन् । झा तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङको समेत क्षमता राख्छन् ।
नवौं र दशौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् । केसी र सोमपाल तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङ समेतको क्षमता राख्छन् ।
एघारौं नम्बरमा स्पिनर ललित नारायण राजवंशी या सन्दीप लामिछाने रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,गुल्सन झा,कुशल मल्ल,करण केसी,सोमपाल कामी र ललित नारायण राजवंशी या सन्दीप लामिछाने