काठमाडौं । भारतमा जारी बोडरगावास्कर टेस्ट सिरिजको तेस्रो खेलमा घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्ध खराब ब्याटिङ प्रदर्शन गरेको छ ।
भारतले खाना समय अघि ७ विकेट गुमाएर ८४ रन मात्र बनाएको छ ।
भारतको इन्दोरमा बिहिबारबाट सुरु तेस्रो टेस्टमा अष्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले खाना समय अघि ८४ रन मात्र बनाएको छ ।
घरेलु टोलीका लागि विराट कोहली २२ रनमा आउट हुँदा शुभमन गिलले २१ रन बनाए । शिखर भारतले १७ रन बनाउँदा कप्तान रोहित शर्माले २२ रन बनाए ।
पाहुना टोलीका लागि नाथन लायन र म्याथ्यु कुनहाम्यानले समान ३/३ तथा टोड मुर्फिले १ विकेट लिएका छन् ।
चार खेलको टेस्ट सिरिजमा घरेलु टोली २-० ले अघि रहेको छ ।