काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी गरेको छ ।
सन्दीपलाई बेलुकासम्ममा यूएई पठाउने तयारीमा क्यान रहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताएका छन् ।
'आईसीसीबाट सन्दीपलाई यूएईमा जारी सिरिजमा सहभागी हुन स्विकृती नआएको कारणले खेल्ने टुङ्गो लागिसकेको छैन । तर, सन्दीपलाई यूएई पठाउने तयारीमा क्यान रहेको छ ।' पाठकले खेलपाटीलाई भने 'आईसीसीबाट स्विकृती आएर उनले भोलीको खेल खेल्नेमा हामी अझै ढुक्क छौ ।'
सर्वोच्च अदालतले सोमबार सन्दीपलाई विदेश जान अनुमति दिएको थियो ।
सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै सन्दीपलाई विदेश जान समेत अनुमति दिएको हो।
आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली यूएईमा छ ।
सिरिजको दोस्रो खेलमा नेपालले बिहिबार यूएईसँग खेल्दैछ ।