काठमाडौं । भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले २०२३ को ईण्डियन प्रिमियर लिग(आईपीएल) गुमाउने भएका छन्
ढाडको शल्यक्रिया गरेका बुमराहले १६ औं संस्करणको आईपीएल गुमाउने भएका छन् ।
बीसीआईका अनुसार बुमराह ढाडको चोटबाट अझै पूर्ण रुपमा निको हुन सकेका छैनन् ।
चोटका कारण नै बुमराहले गत वर्ष भएको टी-ट्वान्टी विश्वकपबाट बाहिरिएका थिए ।
बुमराहले ५ पटकको च्याम्पियन मुम्बई इण्डियन्सबाट आईपीएल खेल्दै आएका छन् ।
बुमराहले १ सय २० आईपीएल खेलमा १ सय ४५ विकेट लिएका छन् ।