काठमाडौं । पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध २ सय ६३ रनको लक्ष्य सहित ब्याटिङ गरिरहेको यूएईले खराब सुरुआत गरेको छ ।
यूएईमा जारी आईसीसी विश्वकप लिग टू सिरिज अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोलीले पहिलो पावर प्ले (१० ओभर)को समाप्तीसम्ममा ४८ रन बनाएको छ ।
पहिलो पावर प्लेको समाप्तीमा यूएईले महत्वपर्ण ४ विकेट गुमाईसकेको छ ।
१० ओभरको समाप्तीसम्ममा घरेलु टोलीले विकेट गुमाईसकेको छ । यूएईका ओपनर आर्यन लाक्रा ५ रनमा आउट हुँदा अर्का ओपनर मुहम्मद वासिम २४ रनमा आउट भए ।
कप्तान सीपी रिजवान १ रनमा आउट हुँदा रोहन मुस्ताफाले ३ रन बनाए ।
क्रिजमा अहिले आसिफ खान र वृत्य अरबिन्द रहेका छन् ।
पीएनजीका चाड सोपारले ३ तथा सिमो कमियले १ विकेट लिएका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ६२ रन बनायो ।
पीएनजीका लागि सेसे बाउ र टोनी उराले अर्धशतकीय ईनिङ खेले । बाउले ७६ बलमा ७४ रन बनाउँदा उराले ४३ बलमा ५१ रन बनाए ।
किप्लिन डोरिगाले ४२ रन बनाउँदा गौडी टोकाले २८ रन बनाए । कप्तान असद भालाले २३ रन बनाउँदा चाड सोपार १४ रनमा आउट भए ।
२ सय ३४ रनमा ४ विकेट गुमाएको पीएनजीले बाँकी ६ विकेट गुमाउँदा २८ रन मात्र बनायो ।
यूएईका लागि कार्तिक मैयप्पनले १० ओभरमा ४९ रन खर्चिएर ४ विकेट लिए ।
आर्यान लाक्राले ३ तथा जाहोर खानले २ विकेट लिए । रोहन मुस्ताफको नाममा १ विकेट रह्यो ।
युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।
पीएनजीको २९ खेलमा २ मा जित र २६ मा हारसहित ५ अंकका साथ पुछारमा रहेको छ ।