काठमाडौं । नेपालले मलेसिया विरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन जारी राखेको छ ।
यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियासँग खेलिरहेको छ ।
मलेसियाविरुद्धको खेलमा सुरुआतमा बलिङ गरिरहेको नेपालले २६ ओभरको खेल सकिदाँ ६ विकेट लिईसकेको छ ।
मलेसियाले २६ ओभरमा ५४ रन मात्र बनाएको छ । नेपालका लागि दीपेश कंडेल ३ तथा मिलन बोहोराले २ विकेट लिएका छन् । आकाश चन्दको नाममा १ विकेट रहेको छ ।
नेपालले टस हारेर पहिले बलिङ गरिरहेको हो ।
नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।
मलेसिया भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो ।
२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिन चाहन्छ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
अन्तिम खेलमा नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।