काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गरिरहेको नेपालका बलरहरुले २० ओभर देखि विकेट लिन सकेका छैनन् ।
हङकङले ३०.२ ओभरको खेल सकिदा ४ विकेटको नोक्सानीमा ७३ रन बनाएको छ ।
नेपालले ११.२ ओभरमा अन्तिम विकेट लिएको थियो ।
त्यस समय ३६ रन मा रहेको हङकङले रन भने धेरै बढाउन सकेको छैन ।
२० ओभरमा मात्र ३७ रन खर्चिएको भए पनि नेपालले विकेट भने लिन नसकेको हो ।
नेपालका लागि हेमन्त धामीले २ तथा सुवास भण्डारीले १ विकेट लिएका छन् ।