काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनी(पीएनजी)विरुद्ध जारी खेलमा नेपालले राम्रो सुरुआत गरेको छ ।
टस हारेर ब्याटिङ गरिरहेको पीएनजीले पहिलो पावर प्लेको खेल सकिदा १ विकेट गुमाएर २४ रन बनाएको छ ।
नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए । पीएनजीका लागि सेसे बाउ र किम्पईन डोरिगा क्रिजमा रहेका छन् ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर नेपाल पहिले बलिङ गरिरहेको छ ।