काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालका लागि पहिलो विकेट लिएका छन् ।
सोमपालले ४.१ ओभरमा टोनी उरालाई २ रनमा आउट गराएका हुन् ।
पपुवा न्युगिनीले ५.३ ओभरमा १ विकेट गुमाएर १५ रन बनाएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिश जी.सीले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् ।
पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु गरेका हुन् ।
प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।