काठमाडौं । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्ग भएका, दृष्टिविहीन र खेल पत्रकारमा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार पाउने छन् ।
फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।