काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले विधानविपरित कार्यवाहक सचिवको नियुक्ति गरेको क्यानका केन्द्रीय सदस्यहरुले जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई बुझाईएको पत्रमा निर्वाचित सचिवले राजिनामा दिएको अवस्थामा पदाधिकारीलाई जिम्वेवारी सुम्पनुपर्नेमा पदाधीकारी बाहिरका व्यक्तिलाई जिम्मवारी दिनु विधान विपरित रहेको बताएका छन् ।
सदस्य सचिवलाई बुझाईएको पत्रमा भनिएको छ 'नेपाल क्रिकेट संघको विधान २०५५(तेस्रो संसोधन २०७५ ) विपरितको काम क्यानले गरेको बताईएको छ । संघको विधान दफ २८ (१) बमोजिम कुनै पद रिक्त भएको अवस्थामा पदपुर्ती गर्दा पूर्व पदाधिकारीलाई सुम्पिएको जिम्मेवारी पदाधीकारीलाई सुम्पन सकिने व्यवस्था रहे पनि प्रशान्त विक्रम मल्ल र दुर्गा राज पाठक क्यानको सदस्य मात्र रहेको र विधानले पदाधीकारीको परिभाषमा अध्यक्ष,उपाध्यक्ष,सचिव तथा कोषध्यक्षलाई मात्र पदाधिकारी मान्ने र नियुक्ति भएका व्यक्तिहरु यो परिभाषामा नपर्ने भएकोले नियुक्ति विधान विपरित रहेको छ ।'
२०७८/६/१३ मा निर्वाचित सचिव अशोकनाथ प्याकुरेलले राजिनामा दिए पछि केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई जिम्मेवारी दिईएको थियो । नेपाल टी-ट्वान्टी लिगमा विवाद भएपछि मल्लले गत महिना पोखरामा भएको बोर्ड बैठकमा राजिनामा दिएका थिए । सोहि बोर्ड बैठकले केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको थियो ।


