काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल र पपुवा न्युगिनीसँग खेल्ने यूएईको टोली घोषणा भएको छ ।
सीपी रिजवानको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो ।
यूएईले नेपाल र पपुवा न्युगिनिसँग समान २/२ लिग टूको खेल खेल्नेछ ।
पीएनजीमा आयोजना हुनु पर्ने यो सिरिज विभिन्न कारणले यूएईमा आयोजना हुदैछ । यूएईको यू-१९ टोलीमा कप्तानी गरिरहेका आयान खानलाई समेत टोलीमा बोलाईएको छ ।
यूएईको टोलीमा पूर्व कप्तान अहमद राजा भने रहेका छैनन् । आईपीएलको समेत अनुभव भएका चिराग सुरी समेत टोलीमा रहेका छैनन् ।
नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
सबै खेलहरु दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ ।
यूएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।
यूएईको टोली -
सीपी रिजवान (कप्तान), मुहम्मद वसीम, वृत्य अरविन्द, अलिशान शराफू, आर्यन लाक्रा, रोहन मुस्तफा, राहुल भाटीया, हर्जरत बिलाल, आयान खान, कार्तिक मयप्पन, जुनेद सिद्दिकी, जाहोर खान, सबिर अली र आसिफ खान
