काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टू को आफ्नो अन्तिम खेल खेलिरहेको नामिबियाले यूएईविरुद्ध मध्यम सुरुआत गरेको छ ।
१ सय ६७ रनको लक्ष्य पछ्याईरहेको नामिबियाले १० ओभरको अन्त्यमा १ विकेट गुमाएर ५५ रन बनाएको छ ।
नामिबियाका लागि शान फुची १४ रनमा आउट भए । यूएईका लागि राहुल भाटीयाले पहिलो सफलता दिए ।
नामिबियाका माईकल भान र लौहाडी लोहारेन्स अहिले क्रिजमा रहेका छन् ।
दुबई क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनायो ।
यूएईका लागि कप्तान सीपी रिजवानले १ सय ४० बलमा अविजित ६० रनको अर्धशतकीय ईनिङ खेले । रिजवानले बलमा २ चौका प्रहार गरे ।
रोहन मुस्ताफा २५ रनमा आउट हुँदा वृत्य अरबिन्दले १८ रन बनाए । कार्तिक मैयप्पनले १५ रन बनाउँदा आसिफ खानले १० रन बनाए ।
यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाले २६ रन अतिरिक्तमा दियो ।
नामिबियाका लागि टाङ्गेनी लुकामेनी,बेन शिकोन्गो र कप्तान ग्रहार्ड इरास्मसले समान २/२ तथा रुवेन ट्रम्पेलम्यान,शन फुची र बेनार्ड स्कोलर्जले समान १/१ विकेट लिए ।
नामिबियाको आईसीसी विश्वकप लिग टू सिरिजमा यो अन्तिम खेल हो ।
नामिबिया ३५ खेलमा १८ मा जित र १६ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
यूएई २७ खेलमा १३ मा जित र ११ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।