काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्ड बलियो अग्रता तर्फ अग्रसर भएको छ ।
इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको दोस्रो दिनको खेल सकिदासम्म घरेलु टोली २ सय ९७ रनले पछि परेको छ ।
घरेलु टोलीका लागि टोम लेथमले ३५ तथा ३० रन बनाए । टोम बुल्डेल २५ रनमा अविजित रहँदा कप्तान टिम साउदी २३ रनमा अविजित रहेका छन् ।
पाहुना टोलीका लागि जेम्स एन्डरसन र ज्याक लिचले समान ३/३ तथा स्टुअर्ड बोर्डले १ विकेट लिए ।
घरेलु टोली विरुद्धको दोस्रो टेस्टमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ८ विकेट गुमाएर ४ सय ३५ रन बनाउँदा पहिलोपारी समाप्त गरेको थियो ।
पाहुना टोलीका ह्यारी ब्रुक १ सय ७६ बलमा १ सय ८६ रनको शतकीय पारी खेले । ब्रुकले २४ चौका र ५ छक्का प्रहार गरेका थिए ।
पुर्व कप्तान जोय रुटले अविजित रहँदै २ सय २४ सय ८२ बलमा १ सय ५३ रन बनाए । रुटले १० चौका र ३ छक्का प्रहार गरेका थिए ।
रुट र ब्रुकले चौथो विकेटका लागि ३ सय २ रनको साझेदारी गरेका छन् । ५ रनमा नै पहिलो विकेट गुमाएको पाहुना टोलीले २१ रनमा दोस्रो तथा तेस्रो विकेट गुमाएको थियो ।
घरेलु टोलीका लागि म्याट हेनरीले ४ तथा टिम साउदीले ३ विकेट लिएका थिए ।
दुई खेलको टेस्ट सिरिजको पहिलो खेल पाहुना टोलीले २ सय ६७ रनको फराकिलो अन्तरले जितेको थियो ।