काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
मालेक क्रिकेट मैदानमा नेपालले टस जितेको छ । नेपालले सुरुआतमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।
प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।
कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।
लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यसहित युएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिन चाहन्छ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपालको प्लेइङ ११ :
देव खनाल (कप्तान), दीपेश कँडेल, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, आकाश चन्द, सुवास भण्डारी र विशाल विक्रम केसी