काठमाडौं । डब्लुटीटी स्टार कन्टेन्डर गोवामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेबलटेनिस टोली आइतबार भारतको गोवा प्रस्थान गर्ने भएको छ ।
फेब्रुअरी २७ देखि मार्च ३ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा संयोग कपाली र विपुल महर्जन तथा महिलामा नवीता श्रेष्ठ र एलिना महर्जनले प्रतिस्पर्धा गर्ने छन् ।
व्यवस्थापकमा निकेशप्रसाद जोशी तथा प्रशिक्षकमा राकेश महर्जन छन् ।
टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले शुक्रबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।
टोलीको प्रायोजन सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. ले गरेको बताइएको छ ।