काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले युएइ भ्रमणका क्रममा सन्दीप लामिछानेलाई धेरै मिस गरिने बताएका छन् ।
नामिबिया र स्कटल्यान्डमाथि जित हात पारेपछि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज नेपाली क्रिकेट टोलीलाई वालुवाटारमा बधाई तथा शुभकामना पछि पौडेलले नेपाली टोलीलाई सन्दीपको मिस हुने कप्तान रोहित पौडेलले बताएका हुन् ।
'सबैलाई थाहा भएको कुरा हो । उहाँ हाम्रो लागि महत्वपूर्ण बलर हो । चार म्याचमा तेह्र विकेट लिनु भाथ्यो । त्यसले गर्दा पनि हामी जित्न सफल भयौं । मेन बलर हो चाहिएको समयमा विकेट लिनुहुन्छ ।' रोहितले भने 'मिस हुन्छ नै त्यो भन्दैमा हाम्रो अरु सिनियर बलरहरु स्पिनरहरुले त्यो रोल पूरा गर्नु पर्यो ।'
सन्दीप युएई भ्रमणमा नेपाली टोलीसँग हुने छैनन् । उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाडेपछि विदेश जान पूर्ण रुपमा रोक लगाएको छ । त्यसैको कारण सन्दीप युएई जान नपाउने भएका हुन् ।
नयाँ बललाई कसरी फेस गर्ने भन्ने नै हाम्रो मुख्य समस्या रहेको उनले बताए । ओपनर तथा मध्य क्रमका ब्याटरले बललाई कसरी फेस गर्ने । सिमर खेल्न यूएईमा कठिन हुने समेत उनले बताए ।
'हामी सबैलाई थाहा भएकै कुरा हो हाम्रो लागि सबै खेल फाइनल सरह नै छ । हामी त्यही अनुसारको तयारी गरिरहेका छौ दुबईको कन्डिसन फरक छ । त्यो अनुसार नै हामीले मेन्डल्ली रुपमा तयारी गरीरहेका छौ । तयारीका लागि हामीहरुसँग टाईम त छैन नै भर्खरै म्याच सकिएको छ त्यही अनुसार त्यहाँ गएर खेल्ने छौं ।' रोहितले भने