काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिज कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने जनाएको छ ।
सिरिज फेब्रुअरी २७ देखि मार्च ६ सम्म दुबईमा हुनेछ । सिरिजका लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।
नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
नेपाली टोलीमा श्याम(मौसम) ढकाल र प्रतिश जी.सी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
नेपाली टोली-
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल