काठमाडौं । नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।
पाकिस्तान दुताबासले सोमबार आठौं संस्करणको प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।
धुम्बाराहीस्थित पाकिस्तान दुताबासमा भएको कार्यक्रममा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको थियो ।
प्रतियोगिता मार्च १० बाट १८ सम्म आयोजना हुनेछ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ। सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिग कप नकआउटका आधारमा प्रतिस्पर्धा गराईनेछ ।
दुई देशबीच आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धका लागि हरेक वर्ष यस प्रतियोगिता हुँदै आईरहेको छ ।